धादिङको त्रिशूली नदीमा भेटियो दुई जनाको शव

0 Shares

धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ।

गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।

‘दुइटा शव भेटिएको छ। अनुसन्धान भइरहेको छ,’ उनले भने। बेल्खुमा भेटिएका शव अन्दाजी ३५/३६ वर्षका पुरुषको छ। केउरेनीटारमा भेटिएका शव पनि अन्दाजी ३५/४० वर्षको पुरूषको छ।

शव रसुवाबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ। डिएसपी हमालले नदी किनारमा खोजतलासका लागि प्रहरी परिचालन गरिएको छ।

‘अहिले बहाब घटिरहेको छ। खोजतलास गर्दैछौं,’ उनले भने।

सम्बन्धित समाचार