चीनबाट पसेको बाढीले रसुवा नाका बन्द, पुलसँगै गाडी बगायो

0 Shares

काठमाडौं । चीनबाट आएको बाढीले रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा सम्बन्ध टुटेको छ ।

भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाउँदा सम्बन्ध टुटेको हो । ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

यस क्षेत्रमा जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा क्षति पुगेको छ ।

सम्बन्धित समाचार