महोत्तरीमा ११ हजार भोल्टको तार चुँडियो, करेन्ट लागेर एक जनाको मृत्यु

0 Shares

जनकपुरधाम । महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

औरही नगरपालिका वडा नं ७ भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका मजदुरको मृत्यु भएको हो । मृतक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन् ।

मजदुरको घटनास्थल करेन्ट लागेर मृत्यु भएको स्थानीय रोशन यादवले बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार त्यहा केही वर्ष अघि पनि यस्तै घटनामा एकजनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार