बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

0 Shares

काठमाडौं । भीमदत्त नगरपालिका ८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार शुक्रबार दिउँसो स्नान गृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो ।

शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सम्बन्धित समाचार