हेटौंडाबाट काठमाडौं आउँदै गरेको गाडी रातमाटेमा दुर्घटना

0 Shares

काठमाडौं । मकवानपुरमा गाडी दुर्घटना भएको छ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको माइक्रो गाडी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार घुम्ती सडकबाट गाडी करिब १५ मिटर तल खसेको थियो। गाडीमा १० जना सवार रहेकामा ५ जना घाइते भएका छन्। तीमध्ये तीन जना गम्भीर घाइत भएका छन्।

घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाएको डिएसपी अर्यालले बताए। गाडी चालक बाराको परमाणीपूर गाउँपालिका-२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गाडी तीव्र गतिका कारण दुर्घटनामा परेको घाइते यात्रुहरूले बताएको डिएसपी अर्यालले बताए।

सम्बन्धित समाचार