भाटभटेनीले इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमालाई एमबीबीएससम्म पढाइदिने

0 Shares

काठमाडौं। इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनीले एमबीबीएसम्मको अध्ययन गराइदिने भएको छ।

डाक्टर बन्ने सपना बुनेकी गोमाको कहालीलाग्दो कथा सुनेपछि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङले कार्यालयमा बोलाई एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने वाचा गरेका हुन्। योसँगै उनलाई नगद १ लाख रुपैयाँसहित ल्यापटप र सम्मानपत्रसमेत दिइएको छ।

‘भाटभटेनीमा हामी सपना देख्न सक्ने हरेक युवाको साथ दिन विश्वास गर्छौं। उहाँको यो यात्रा अब सुरु भएको मात्र हो र हामी गर्वका साथ साथमा छौं’, अध्यक्ष गुरुङले गोमालाई सम्मान गर्दै भने। भाटभटेनीले यसअघि पनि धेरै विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा बस्दै आएकी गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइईमा फोर जीपीए ल्याएकी हुन्।

सम्बन्धित समाचार