नयाँ आर्थिक वर्षको मुखमा धमाधम कालोपत्र हुँदै सडक

0 Shares

काठमाडौं । ताप्लेजुङको जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् ।

सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा कालोपत्रको कामले तीव्रता पाएको हो ।

दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो । नयाँ आर्थिक वर्ष सुरु हुन केही दिन बाँकी हुँदा सडक कालोपत्रको काम हुन थालेको हो ।

सम्बन्धित समाचार