0
Shares
काठमाडौं । सिरहामा एक युवकको शव फेला परेको छ । अर्नमा गाउँपालिका १ बुदियाचापमा स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महराको शव फेला परेको हो ।
आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुखनजिकै शव फेला परेको प्रहरीले जनाएको हो । शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीका अनुसार मृतकको घाँटीमा गम्छा बेरिएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।