0
Shares
काठमाडौं । विष्णुमति खोलाले बगाएको कारबाट महिलाको उद्धार गरिएको छ । गएराति सवा १० बजेतिर काठमाडौंको टोखा नगरपालिका ६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा कार खसेको हो ।
प्रहरीका अनुसार काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको बा.प्र. ०१-०३१ च ६१४१ नम्बरको कार खोलामा खसेपछि सवारी चालक गाडीबाट खोला किनारामा हाम फालेका थिए ।
सिंह निस्किए पनि कारभित्र सवार काठमाडौंको टोखा बस्ने भावना ओलीलाई बगाएको हो । गाडीसहित बगेर बाँनियाटार पुलमा आइ पुगेपछि गाडी अड्किएको अवस्थामा उनलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको छ ।
बगाएको कार बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको छ । उद्धारका क्रममा प्रहरी र स्थानीयसमेत घाइते भएका थिए ।