सर्वोच्च अदालतका न्यायधीसमा को को सिफारिस भए ?

0 Shares

काठमाडौं । सर्वोच्‍च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन्। मंगलबार न्यायपरिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्‍यायाधीश शान्तिसिंह थापा सिफारिस भएका हुन्। पोखरेल सर्वोच्‍च अदालतका बार अध्यक्ष समेत हुन्।

मुख्य न्‍यायाधीश पौडेल २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए। मुख्य न्यायाधीश थापा २०७० जेठ २७ गते न्याय सेवामा प्रवेश गरेका थिए। सर्वोच्च अदालतमा चार वटा न्यायाधीशको पद रिक्त थियो। अझै एक न्यायाधीशको पद रिक्त नै छ।

सिफारिस भएसँगै अब उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ। सुनुवाइबाट अनुमोदन भए उनीहरू सर्वोच्‍चका न्यायाधीशमा नियुक्त हुनेछन्।

सम्बन्धित समाचार