नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध मुद्दा दर्ता गर्दै अख्तियार

0 Shares

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा।चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा घुस मुद्दा अदालतमा लैजाने निर्णय गरेको छ ।

कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको उजुरीमा छानबिन गरेसँगै अख्तियारले विशेष अदालतमा ३ वटा घुस मुद्दा दर्ता गर्नलागेको हो । अख्तियार स्रोतका अनुसार आजै अख्तियारले अधिकारीविरुद्ध घुस मुद्दा दर्ता गर्ने तयारी छ । अधिकारीलाई आयोगले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीबाट कर्जाबापतको कमिसन उठाउने गरेको अनुसन्धानबाट फेला परेको थियो ।
अख्तियारको छानबिनमा परेसँगै नेपाल राष्ट्र बैंकले पनि डा।अधिकारीलाई कारबाही गरिसकेको छ ।

केन्द्रीय बैंकले अनुचित क्रियाकलाप गरेको भन्दै अध्यक्षलाई जरिवानासहित अध्यक्ष पदबाट हटाउन नेपाल बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो। योसँगै उनी अध्यक्ष पदबाट निष्काशित भएका थिए ।

सम्बन्धित समाचार