आज मिति २०८२ जेष्ठ २२ गते बिहीबार । सन् २०२५ जुन ५ तारिख । नेपाल सम्बत ११४५ ग्रिष्म ऋतु, जेष्ठ शुक्ल दशमी । आज बिहान ५ बजेर ७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५६ मिनेटमा अस्ताउने छ । अब सुरू गरौँ आजको राशिफलः
मेष
अनुकूलता वृद्धि हुनेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्ने छन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।
बृष
समय शुभदायी छ । आजको काममा केही खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पारिवारिक समस्याको समाधान मिल्ने छ ।
मिथुन
मिश्रित फलदायी दिन छ । टाढाको यात्राका लागि गरिने प्रयास फलदायी रहने देखिन्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । नियमित कार्यमा खासै जाँगर लाग्ने छैन । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । विगतका समस्या दोहोरिन सक्छन् । प्रतिस्पर्धी हाबी हुनसक्ने योग छ ।
कर्कट
विगतको सफलताले थप काम गर्न हौसला मिल्ने र नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने छन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ भने तपाईंको तौरतरिकाको धेरैले तारिफ गर्ने छन् । विभिन्न सहयोग र उपहार पाइने योग छ । आरोग्यता रहनेछ । मनोकूलता बढ्ने छ ।
सिंह
सद्विचारले धेरैलाई आकर्षण गर्ने समय छ । मान सम्मान बढ्ने छ भने बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । भाग्यले नचिताएको फाइदा दिलाउन सक्ने योग छ । चुनौतीहरू स्वतः हट्ने छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।
कन्या
आजको दिन महत्वपूर्ण काममा आफन्तको साथ प्राप्त हुनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । विशेष योजना सिद्धिका लागि सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइएला । लामो यात्राको प्रक्रिया अघि बढ्नसक्ने देखिन्छ । पढाइलेखाइमा भने खासै समय दिन नसकिएला ।
तुला
विगतका कमीकमजोरीलाई सुधार गर्दै धनार्जनको अवसर प्राप्त हुने देखिन्छ । आज गरिएका कामले दीगो लाभ दिनसक्छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने समय छ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइने सम्भावना छ ।
वृश्चिक
नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिने दिन छ । तर, सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, व्यवहारमा लचकता अपनाउनुहोला । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
धनु
प्रभावकारी कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता हुने योग छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रो साथ दिने छन् ।
मकर
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्ने देखिन्छ । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने तथा गरेका कामबाट राम्रै लाभ हुने योग छ ।
कुम्भ
पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा होला । अवसरवादीहरूले फसाउने चेष्टा गर्न सक्छन्, विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मीन
रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । पठन पाठनमा प्रगति होला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित हुनेछ । आरोग्यता रहनेछ भने प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्ने छ ।