जेष्ठ २१ गते तपाईंको दिन कति शुभ, राशीमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ २१ गते बुधबार । सन् २०२५ जुन ४ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व नवमी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल अष्टमी तिथि । आज बिहान ५ बजेर ७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

शुभता बढ्ने छ । व्यापार(व्यवसायमा लाभ होला । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर पनि जुर्नसक्छ । मान र विद्या प्राप्त हुने योग छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ हुनेछ । तथापि, आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ ।

बृष

उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा धननाश हुने सम्भावना छ, ध्यान राख्नुहोला । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग छ ।

मिथुन

नयाँ काममा हात हाल्ने समय आएको छ । आँट–पराक्रम बढ्नेछ । काममा पूर्ण सफलता प्राप्तिका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीसमेत सामना गर्नपर्ला, तर मेहनतीका लागि समय उत्साहजनक रहने छ । बौद्धिकता तथा रचनात्मकता बढ्ने छ ।

कर्कट

लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । तथापि, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, ख्याल राख्नुहोला । आरोग्यबल बढ्नेछ ।

सिंह

आजको दिन पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । सेवामूलक कामबाट धनलाभ हुने योग छ । पढाइलेखाइमा सामान्य प्रगति होला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने छ ।

कन्या

दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्ने समय छ । व्यवसायमा लाभ बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी वृद्धि होला । इर्ष्या गर्नेहरूले भने सताउन सक्छन्, सावधान रहनुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । अप्रिय समाचारले निराश तुल्याउनसक्ने योग छ ।

तुला

जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिएला । आयआर्जन राम्रै हुने देखिन्छ, तर विभिन्न अवसर प्राप्तिका बाबजुद अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोस् । स्वास्थ्य केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला ।

वृश्चिक

भाग्यबल बढ्ने छ । प्रतिष्ठित काम गरेर स्याबासी प्राप्त गर्न सकिने समय छ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका जुर्ला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने छ भने प्रतिभाको कदर हुने योग छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ ।

धनु

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ । तर, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ ।

मकर

नियमित कार्यमा ब्यस्तता बढ्ने देखिन्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, ख्याल राख्नुहोला । आजको दिन अरूको सुझावमा भर नपर्नु उचित होला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ ।

कुम्भ

सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइने छ । तथापि, अनुकुल परिस्थितिका बाबजुद आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।

मीन

प्रयत्न गर्दा घरेलु कामबाट पनि लाभ मिल्ने समय छ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु उचित होला । कामबाट फुर्सदिलो भइनेछ भने कतै अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ । मित्रजनप्रति प्रेमभाव वृद्धि हुनेछ तर आजको दिन दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, ध्यान राख्नुहोला ।

सम्बन्धित समाचार