सानिमा बैंकको दराजसँग “नव वर्ष उत्सव” योजनाका लागि सहकार्य, ग्राहकलाई ७५० सम्म छुट

0 Shares

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “नव वर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट बैंकका ग्राहकले योजना अवधिभर दराजबाट सामान खरिद गर्दा अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०५ वा अधिकतम् ५०० रूपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम् ७५० रूपैयाँसम्मको छुट प्राप्त सक्ने बताइएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान हुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यस योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू हुने बताइएको छ ।सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम। सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार