बजेट भाषणअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

0 Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुअघि आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे बस्ने गरी सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएको उनको सचिवालयले जनाएको हो ।

आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने छन् ।

त्यसको एक घण्टाअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकले सम्भवतः बजेट पास गर्ने छ ।

सम्बन्धित समाचार