0
Shares
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य थप वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १७०० रुपैयाँ वृद्धि भएको हो ।
योसँगै बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार सुन एक पाँच हजारले वृद्धि हुँदै लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर दुई हजार २५ रुपैयाँमा कारोबार भएको हो ।