काठमाडौँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले गभर्नर नियुक्तिको विषय लामो समयदेखि प्रधानमन्त्रीबाटै अलमल्याउने काम भएको बताएका छन् ।
गत चैत २५ गते रिक्त भएको गभर्नर नियुक्त नहुँदा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको आलोनचा हुन थालेको छ । जसका कारण नेपाली कांग्रेसका नेताहरु समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएका छन् । कांग्रेसको यसअघि बसेको बैठकले गभर्नर आफ्नै पार्टीको कोटाबाट लिन सभापति शेरबहादुर देउवामाथि दबाब दिएका थिए ।
कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच गभर्नर कसले लिने भन्ने विषयमा एक महिना अघि नै टुंगो लागेको बताए । ‘प्रधानमन्त्रीद्धारा सहमती भएको विषयलाई विभिन्न ढङ्गले अलमल्याउने, टार्ने काम भई राखेको छ । प्रधानमन्त्रीले अल्पमल्याई राख्नुभएको छ । प्रधानमन्त्रीले मन्त्रिपरिष्दको बैठक राख्नुपर्याे ।
सिफारिस समितिको बैठक बस्नुपर्याे । सिफारिस समितिले गभर्नरको नाम सिफारिस गर्नुपर्याे’ खबरविन्दुसँग कुरा गर्दै विश्वकर्माले भने, ‘गभर्नर नियुक्त यी सबै गर्न चार पाँच दिनको काम हो । अहिले महिना दिन भई सक्यो ।
जसको नाम सिफारिस गर्याे त्यसैको नाममा विभिन्न खालका टिका टिप्पणीहरु आइराखेका छन् । त्यसैमा फेरी उहाँलाई विवादमा ल्याउने काम भई राखेका छन् ।’ गभर्नर नियुक्तिको विषय नितान्त प्रधानमन्त्रीको कार्टमा भएकाले कहिले नियुक्त हुन्छ भन्ने बारेमा अहिलै भन्न नसकिने विश्वकर्माले बताए ।
तर, प्रधानमन्त्री र अर्थ मन्त्रीले भने गभर्नरमा कामु गभर्नर निलम ढुंगानालाई नियुक्त गर्न खोजेको देखिन्छ । उता देउवाले भने गभर्नरमा गुणाकर भट्टलाई अघि सारेका थिए । त्यसमा सहमती नभएपछि पुनः डा विश्व पौडेललाई अघि सारिएको थियो । त्यसमा समेत विवाद झिकिएपछि पछिल्लो समय डा. अंगराज तिमिल्सेनाको नाम अघि ल्याएको छ ।