आज मंगलबार सुनको मुल्य स्थिर, चाँदी घट्यो

0 Shares

काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ ।

आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । उच्च मूल्यबाट हालसम्म करिब १३ हजार रुपैयाँ घटेको छ ।

मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार