प्रधानमन्त्रीलाई बालेनको जवाफ- भ्रष्टाचारी नाइकेको कार्यक्रममा गैदिनु पर्ने, सरी केपी ओली

0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई जवाफ फर्काएका छन् । सोमबार प्रधानमन्त्री ओलीले बालेनलाई लक्षित गर्दै गर्दै कटाक्ष गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई मेयर बालेनले भ्रष्टाचारी नाइकेको कार्यक्रममा आफू सहभागी हुन नहुने जवाफ दिएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टी लागेर जोगाउछु भन्छ,’ उनले भने, ‘त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?, सरी केपी ओली आइ डन्ट सर्पोट योर करप्ट सिष्टम ।’

यसअघि प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटक नबोलाउन निर्देशन दिएका थिए ।

सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने, मानका खातिर मानको चलन चाहीँ छोड्दा पनि हुन्छ की क्यो हो, कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ, कहिले देखा पर्दैन, त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ, कहिले पनि नआउने, नाम सधैँ टाँस्नु पर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ, आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने, यस्तो हुँदैन, अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताएका थिए ।

बालेन लक्षित प्रधानमन्त्री ओलीको कटाक्ष- ‘बोलाएर नआउनेलाई अर्कोपटक नबोलाउनु’

सम्बन्धित समाचार