प्रहरीको गाडीले दियो सांसदहरू चढेको गाडीलाई ठक्कर, ४ जना घाइते

0 Shares

काठमाडौं । कोशी प्रदेशका सांसदहरू चढेको गाडीलाई नेपाल प्रहरीको गाडीले ठक्कर दिएको छ।

सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० मा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्का सवार थिए।

विपरीत दिशाबाट बिएई १४०६ नम्बरको कार आउँदै थियो। उक्त कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।

डिएसपी चढेको गाडीले सांसदहरू चढेको गाडीलाई ठक्कर दिएको हो। सांसदहरू सामान्य घाइते छन्।

सम्बन्धित समाचार