0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन पाँचपटकको पेसीपछि आज हेर्न मिल्ने न्यायाधीशको इजलासमा पर्ने भएको छ।
यसअघि पाँचपटकको पेसी हेर्न नमिल्ने न्यायाधीशको इजलासमा तोकिएपछि सर्वोच्च अदालतले अब हेर्न मिल्ने न्यायाधीशकोमा पार्न आइतबार आदेश दिएको थियो।
यसबमोजिम आज उनको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।
‘अदालतले आदेश दिइसकेको छ, हामी अहिले प्रक्रियामै छौँ, अब उहाँको निवेदनको पेसी हेर्न मिल्ने न्यायाधीशकै इजलासमा तोकिन्छ’, उनले नेपालखबरसँग भने।