प्रधानमन्त्रीका सल्लाहकारले हितेन्द्रलाई सर्पोट गरेपछि गालीको ओइरो

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्पोट गरेपछि गालीको वर्षा भएको छ । रिमालले आइतबार सामाजिक सञ्जालमा लेख्दै बलेको बत्तिमुनी बसेर पोष्ट लेख्दै विजुली गयो भन्नेसँग सचेत हुन सुझाव दिएपछि गालीको वर्षा गरेका हुन् ।

प्रमुख सल्लाहकारले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरुको चर्चा हुने गरेको भन्दै सर्पोट गरेका छन् । ‘अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन-किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन’ उनले भने,‘त्यसैले, सजग रहनुस्का-म गर्नुस्, तर ध्यान दिनुस्का-मभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्। कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।’

स्टाटस जस्ताको त्यस्तै
श्री हितेन्द्र शाक्यजी
तपाईं नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ।

तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयोु भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।

अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन-किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन। त्यसैले, सजग रहनुस्का-म गर्नुस्, तर ध्यान दिनुस्का-मभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।

कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।

सम्बन्धित समाचार