विद्युत प्राधिकरणको चरम लापरबाही, पोलमा चढ्न लगाएर बिजुली छाड्दा अस्ताए उज्वल

0 Shares

काठमाडौं । काभ्रेको धुलिखेलमा विद्युत प्राधिकरणका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार धुलिखेल नगरपालिका ७ जिल्ला प्रशासन कार्यालयअगाडि विद्युत पोलमा काम गरिरहेका सर्लाही लालबन्दी नगरपालिकाका २८ वर्षीय उज्वल नेपालीको मृत्यु भएको हो ।

११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट छाडेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाबिना लाइन छाड्दा करेन्ट लागेको हो । शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो ।

जसका लागि सबै जनाले सावधानी अपनाउँदै पशु चौपाय नछाड्न सूचनामा उल्लेख गरिएको थियो । तर, कार्यालयले असावधानी अपनाउँदा एक जना मजदुरको मृत्यु भएको हो ।

मृतक उज्वलको शवलाई पोलबाट निकालेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ ।

सम्बन्धित समाचार