हावाहुरीले रुख ढल्दा च्यापेर दुई जनाको मृत्यु, तीन घाइते

0 Shares

काठमाडौं । हावाहुरीले रुख ढल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाले ज्यान गुमाएका छन् ।

रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षीय मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएका हुन् ।

शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा बसेका थिए । प्रतिक्षालयमाथि रुख ढलेपछि दुई जनाको मृत्यु भएको हो ।

रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एक जनाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार