0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सोमबार सार्वजनिक बिदा भएकाले नियमित बैठक बस्न सकेको थिएन ।
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि सदस्य पद खाली छ ।
पौडेललाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर बनाउने गरी राजीनामा दिन लगाएका थिए । तर, उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ ।
बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।