शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा सहकार्य

0 Shares

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ।

पछिल्लो समय खेलप्रेमीको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित जेठ ८ देखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा ९औँ पीएम कप एभीए विमन-म्यान भलिबल लिग २०८२ मा शिवम् सिमेन्ट लिमिटेड ‘स्ट्रेन्थ पार्टनर’का रूपमा सहकार्य गर्ने भएको छ।

राष्ट्रिय खेलको प्रवद्र्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्यअनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो। हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भि।पि। निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरे।

शिवम् सिमेन्ट लिमिटेडले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रवद्र्धन गर्न विभिन्न गेममा सहकार्य गर्दै आइरहेको छ। जसअर्न्तगत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिबल लिगअर्न्तगत कर्णाली यशविस टिम प्रायोजनलगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रममा प्रायोजन तथा सहकार्य गरेको थियो।

लिग पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुनेछ। जहाँ प्रत्येक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शक उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ। प्रतियोगितामा कुल १४ टिमहरु सहभागी हुनेछन्। जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार