सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने

0 Shares

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने भएको हो ।

जसमध्ये १०.२६ प्रतिशत बोनस शेयर रहेको छ भने २४.७४ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लभांश रहेको छ।

चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिने इस्योरेन्सले जनाएको छ ।

सम्बन्धित समाचार