कर तिर्न छाडेपछि पाकिस्तान टांट पल्टिने अवस्थामा, पेट्रोलको मूल्यमा भारी वृद्धि

0 Shares

काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले देश टांट पल्टिने अवस्थामा रहेको बताएका छन् । कर छलीको कारण आर्थिक संकट भएको उनको भनाइ छ । रक्षामन्त्रीका अनुसार खुद्रा र थोक बिक्रेताले कर तिर्न छाडेका कारण पाकिस्तानको आर्थिक संकटमा फसेको हो ।

पाकिस्तानमा पेट्रोलको मूल्यमा भारी वृद्धि

अचम्म पार्ने मुद्रास्फीतिको बीचमा पाकिस्तानको शाहबाज शरीफ सरकारले पेट्रोलको मूल्यमा भारी वृद्धि गरेको छ । नवनिर्वाचित सरकारले अर्को पन्ध्र साताका लागि पेट्रोलको मूल्य प्रतिलिटर पाकिस्तानी रुपैयाँ ९.६६ ले बढेर २८९.४१ रुपैयाँ पुगेको छ । इदअघि अर्थ मन्त्रालयले यो वृद्धि गरेको हो ।

यसैगरी, हाईस्पीड डिजेल ३.३२ रुपैयाँले घटेर २८२.२४ पाकिस्तानी रुपैयाँमा पुगेको छ । नयाँ दर पनि लागू भएको छ ।

पाकिस्तानी पत्रिका डनले सोमबार प्रकाशित गरेको रिपोर्टका अनुसार कमजोर गठबन्धन सरकार र र चुनावी धाँधलीको आरोपबाट सिर्जना भएको राजनीतिक अस्थिरता तथा वित्तीय सुदृढीकरण र सुधार पाकिस्तानका सबैभन्दा ठूलो चुनौती हो।

वासिङ्टनस्थित इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्स (आईआईएफ)लाई उद्धृत गर्दै प्रकाशित सो प्रतिवेदनमा पाकिस्तानमा भयावह आर्थिक संकटको बीचमा यसलाई सबैभन्दा ठूलो चुनौतीको रूपमा लिइएको छ ।

आईआईएफ विश्वका ठूला वाणिज्य-लगानी बैंकहरू, बीमा कम्पनीहरू र लगानी फर्महरू लगायत वित्तीय संस्थाहरूको विश्वव्यापी संस्था हो। यो विशेष महत्वको क्षेत्र भएकाले सबैभन्दा ठूलो चुनौती वित्तीय सुदृढीकरण हुने आईआईएफले बतायो।

अस्थिर राजनीतिका कारण जोखिम बढ्ने निश्चित

आईआईएफका अनुसार अशान्ति र अस्थिर राजनीतिका कारण पाकिस्तानले सामना गर्ने जोखिम निश्चित छ। निर्वाचनको समयमा सेल्युलर सेवा ठप्प, नतिजा प्रकाशनमा ढिलाइ, व्यापक विरोध प्रदर्शन, घातक बम विष्फोटका कारण पाकिस्तानमा तनाव बढेको डनले जनाएको छ । उक्त पत्रिकाका अनुसार जोखिम अझै बढ्ने निश्चित छ । –एजेन्सी ।

सम्बन्धित समाचार