0
Shares
काठमाडौं । संखुवासभाको खाँदबारीमा एक वृद्धको हत्या भएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घरको बरण्डाको कोठामा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजेतिर वृद्धको हत्या भएको हो । घाँटी थिचेर गम्भीर घाइते बनाएको अवस्थामा उनलाई उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिएको थियो ।
दुई जनाले श्रीमानमाथि आक्रमण गरिरहेको देखेपछि उनकी श्रीमतीले हो हल्ला गरेकी थिइन् । छिमेकी घटनास्थलमा पुग्नुअघि आक्रमणमा संलग्न फरार भएका थिए । फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।