सुनको मुल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । सुनको भाउ बिहीबार भाउ १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा २०० रुपैयाँले महंगो भएको हो । हिजा बुधबार छापावाल सुनको भाउ ७ हजार ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ थियो ।

यसैगरी आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर तोलाको २०१० रुपैयाँ पुगेको छ । हिजो बुधबार ५ रुपैयाँले घटेर चाँदी १९६५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३४२८ दशमलव ४० डलरमा कारोबार भैरहेको छ । यस्तै यसदिन चाँदीको भाउ प्रतिऔस ३३ दशमलव ३९ डलर तोकिएको छ । अन्तराष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निधाृरण हुँदै आएको छ । शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुन्छ ।

सम्बन्धित समाचार