सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० मा झरेको हो ।

यस्तै, बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ ।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँ कायम भएको हो ।

सम्बन्धित समाचार