0
Shares
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ९ सानागाउँमा श्रीमतीको हत्या गरी छोरा-छोरीमाथि खुकुरी प्रहार गरेका पुरुष पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदमबहादुर तामाङ रहेका छन् । उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।
यस्तै, १० वर्षीया छोरी सञ्जिता र ११ वर्षीय छोरा रिदम घाइते छन् । उनीहरुको हात-खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ ।