काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी सार्वजनिक गरेको छ। यो फोनमा १ टिबी स्टोरेज, एडभान्स्ड ग्यालेक्सी एआई फिचर र सहज मल्टिटास्किङ क्षमता रहेको छ।
यसको एआई-फर्स्ट वन युआई७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा सर्कल टु सर्च, कल ट्रान्सक्रिप्ट र समरी, राइटिंग असिस्ट, ड्रइङ असिस्टजस्ता एआई फिचर छन्।
१२ जिबी र्याम र १ टिबी स्टोरेज भएको ग्यालेक्सी एस२५ अल्ट्राको मूल्य दुई लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो फोन वैशाख ४ गतेदेखि सामसङका आधिकारिक स्टोरमा नेपालभर पाउन सकिने छ।
सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधामार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ० प्रतिशत ब्याजमै मासिक ११ हजार ७५० इएमआईमा पनि किन्न सक्ने छन्। यसका लागि नागरिकता मात्र भए पनि पुग्छ।
पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेका लागि सबको फोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा उपलब्ध छ।