0
Shares
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध गुल्शन झाले घातक बलिङ गरेका छन् ।
उनी एक्लैले चार विकेट लिएका छन् । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिदा गुजरात दबावमा परेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले दुई विकेट लिएका छन् । सोमपाल कामीले एक विकट लिएका छन् ।
थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।