१४ वर्षीया बालिकामाथि बलात्कार, ३५ वर्षीय राई पक्राउ

0 Shares

काठमाडौं । मोरङमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

लेटाङ नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल राई पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।

उनले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार