उडिरहेको विमानमा यात्रुले कर्मचारीलाई टोकेपछि…

0 Shares

काठमाडौं । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले जनाएको छ ।

एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए ।

एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए ।

जापानी प्रसारक टीबीएसबाट प्रशारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफूलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ ।

यस घटनालाई ‘जोम्बी चलचित्रको सुरुवात’ सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे पोष्टहरू सार्वजनिक गरेका छन् ।

केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् । जापानमा दुई हप्ताभन्दा कम समयमा चार अन्य घटनाहरू पत्रपत्रिकामा हेडलाइनमा बनेर आइसकेका छन् । एजेन्सी

सम्बन्धित समाचार