सुन र चाँदीको मूल्य बढ्यो

0 Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । बुधबार अर्थात आजको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार