काठमाडौं । नेपाल-भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलर सार्वजनिक गरेको छ। कार्यक्रम काठमाडौंको भिवान्ता होटलमा आयोजना सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माद्वारा गरिएको थियो।
कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादन पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे।
बर्लीका उत्पादन उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकका लागि उच्च मूल्य प्रदान गर्ने ख्याती राख्दछन्। बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ।
यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधान नेपाली ग्राहकको पहुँचमा पुर्याउने उद्देश्य राखेको छ। यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।
यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई झल्काउने गरी भव्य रूपमा सम्पन्न भएको छ ।
