0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आईतबार चाँदीको मूल्यमा घट्बढ भएको छैन । आज चाँदी गत शुक्रबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।