0
Shares
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) र एनसेल दुवैमा आगामी दिनमा ५० रुपैयाँभन्दा कमको रिचार्ज गर्न नमिल्ने भएको छ ।
दुई कम्पनीले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेको हो । यसअघि न्यूनतम १० रुपैयाँसम्म रिचार्ज गर्न मिल्ने व्यवस्था थियो ।
नेपाल टेलिकमले मोबाइल रिचार्ज टपअप सेवा प्रदान गर्ने बैंक तथा भुक्तानी सेवा प्रदायकमार्फत न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी गर्न मिल्ने बनाएपछि एनसेलले पनि सोही नियम लागू गरेको हो ।