यो सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ : भुसाल

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएको छ ।  शनिवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको हो।

बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुषालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए। उनले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताए।

त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको उनले बताए।

सम्बन्धित समाचार