सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

0 Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट इटहरी शाखा कार्यालयमा रोजगारीको अवसर खुलेको छ।

बैंकमा अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजरको लागि अवसर खुलेको हो। अफिसर, जुनियर अफिसरमा आवेदन दिने इच्छुकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।

साथै, उसँग बैंकिङ क्षेत्रमा काम गरेको पाँच वर्षको अनुभव हुनु पर्नेछ। यस्तै, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने बैंकिङ क्षेत्रमा काम गरेको तीन वर्षको अनुभव हुनु पर्नेछ।

अफिसको उमेर ४० वर्ष ननाघेको र एसिस्टेन्स र सुपरभाइजरको उमेर ३५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुकले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार