सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, आज १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो।

त्यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने १ हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ।

सम्बन्धित समाचार