एनसेलका ग्राहकलाई अनलिमिटेड प्याकको नयाँ सुविधा

0 Shares

काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याक संचालनमा ल्याएको छ । यी प्याक ग्राहकलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् ।

करसहित ९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको फाइदा लिन सक्छन् ।

ग्राहकलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहक उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।

यो अफर विषेशत छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो । ग्राहकले एनसेल एपमार्फत वा *१२३*४*२*१# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाध रुपमा इन्टरनेट सेवा प्रदान गर्दछ ।

यस्तैगरी, ‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकाले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ ।

ग्राहकले एनसेल एपबाट वा *१२३*४*२*१# डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन्। यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजालिने लगायतका कार्यका लागि उपयुक्त छ ।

विषेशगरी छोटो छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकहरुका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकहरुका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।

सम्बन्धित समाचार