दङ्गाली मतदातालाई प्रधानमन्त्रीले अपमान गरे : रेखा शर्मा

0 Shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीबट दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छन् । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरेको टिप्प्णी गरेका थिए ।

प्रधानमन्त्री ओलीले एमाले महासचिव पोखरेललाई हराउदा विकास निर्माणमा समेत समस्या भएको भन्दै मतदाताबाट सेन्टिमेन्ट तान्न खोजेपछि पूर्व मन्त्री आक्रोसित भएकी हुन् । प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गरिन् ।

आममतदाताले कुन दल र कुन उमेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिदै पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंङगो दङ्गाली जनताप्रति नै अपमान गरेकोमा खेत प्रकट गरिन् । २०७४ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै साहारामा चुनाव जितेको प्रधानमन्त्री ओलीले नभुल्न नहुने बताइन् ।

प्रतिनिधीसभा दाङ २ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेले माओवादी केन्द्रको सहयोग बिना चुनाव जित्न नसक्ने दाबी गरिन् । एमाले पार्टीले विकास गर्ने नाममा जनतालाई ढाटेर कमिशन पाउने आशामा आफू निकटका मान्छेलाई घोराही, तुलसीपुर चारलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण चार लेन सडक बन्न नसकेको प्रतिक्रिया दिइन् ।

सम्बन्धित समाचार