सबै अध्यादेश संसदबाट पास हुन्छन् : पोखरेल

0 Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका छ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताएका छन् । एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि ल्याइएको दाबी गरे ।

‘अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो’ महासचिव पोखरेलले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि अध्यादेश ल्याइएको हो ।’ सरकारले ल्याएका छ वटै अध्यादेश जनताका पक्षमा भएको दाबी गर्दै पोखरेलले विरोधकालागि बिरोध भन्दा पनि यसकारण अध्यादेश जनबिरोधी छ भनेर औचित्य पुष्ट गर्न विपक्षी दललाई चुनौती दिए ।

‘अध्यादेश जनताका पक्षमा छन् । अध्यादेश के कति कारणले जनताका पक्षमा छैनन् भनेर त्यसको पुष्टि गर्न म विपक्षी दललाई चुनौती दिन्छु’ उनले भने ।

सम्बन्धित समाचार