0
Shares
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन दिँदा कम्तीमा १ लाख २५ हजार र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
इच्छुक शेयरधनीले आफुले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर फागुन ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिट लिमिटेडको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ।