नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुशिबु शाखा स्थानान्तरण

0 Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले महानगरको–१७ स्थित खुशिबु शाखा कार्यालय सोही वडाभित्र स्थानान्तरण गरेको छ।

स्थानान्तरित शाखा उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे गरे। खुशिबुमा रहेको शाखा सोही वडाभित्र करिब ९० मिटर पश्चिममा आइतबार स्थानान्तरण गरेको बैंकले जनाएको छ।

स्थानान्तरित शाखा ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ। हाल बैंकले २८३ शाखा, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित इकाइ र २६६ वटा एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

सम्बन्धित समाचार