आज मिति २०८१ माघ २५ गते शुक्रबार । सन् २०२५ फेब्रवरी ७ तारिख । नेपाल सम्बत ११४५ सिल्लाथ्व दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
बौद्धिक कार्यमा तीव्रता आउनुको साथै अरुको विश्वास सजिलै जित्न सकिने समय छ । तर, स्वास्थ्यसम्बन्धी समस्या, खासगरी हाडजोर्नीको समस्याले सताउनसक्ने देखिन्छ । आर्थिक कारोबारमा पनि विशेष सजगता अपनाउनु हितकर होला । धार्मिक कार्यमा खासै रुचि जाने छैन । व्यवसायसम्बन्धी पुराना समस्या सुल्झाउने अवसर मिल्ने योग छ । खर्च केही वृद्धि हुनसक्छ ।
बृष
शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय विशेष अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । नयाँ काम वा जिम्मेवारी पाउने योग छ । आजको दिन विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहने देखिन्छ । सबल स्वस्थ्यका लागि खानपानमा ध्यान दिनु उचित हुनेछ । मित्रजनसँगको भेटघाट उल्लासमय रहला । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन
आजको दिन प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । तर, चरित्रसम्बन्धी आरोप आउन सक्ने योग भएकोले विपरीतलिङ्गीहरुबाट टाढा रहनु नै हितकर हुनेछ । कतै टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । मिष्ठानन्न भोजनप्रति रूचि जागृत हुनेछ र त्यस्तो अवसर पनि जुर्नसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट
समय केही प्रतिकुल या चुनौतीयुक्त रहने देखिन्छ । माता, पिता र सन्तानसँगको मतभेद केही बढ्नेछ भने अध्ययन अध्यापन कार्यमा पनि अवरोध आइपरेको महसूस हुनेछ । आजको कुनै निर्णय गलत हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ, आर्थिक कारोबार नगर्नु नै हितकर रहनेछ । विगतको श्रमबाट भने लाभ मिल्ने देखिन्छ । मानसम्मानमा आघात पुग्नसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला ।
सिंह
आजको दिन बलभन्दा बुद्धिको काममा जोडदिनु उचित होला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यताहरू आइपर्नेछन् । नगद सहयोग तथा लेनदेन आज नगर्नु हितकर हुनेछ । विभिन्न उपहार प्राप्त हुने योेग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नवीन जिम्मेवारी हात पार्ने प्रयासमा हुनुहुन्छ भने सफल भइएला । प्रेमभाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
सहयोगीजनबाटै विश्वासघात हुनसक्ने देखिन्छ, गोपनीयतामा आजको दिन एकदमै सावधान रहनुपर्ला । चाहेर पनि धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुन सकिने छैन । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रयासहरू सहज हुने योग छ । पति(पत्नीबीचको सम्बन्ध सुमधुर रहनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले चाहिँ कष्ट प्रदान गर्नसक्छ । स्वास्थ्यसम्बन्धी सजगताको दरकार छ ।
तुला
धेरैले तपाईंका कामको तारिफ गर्नेछन् तर निर्णायक क्षमतामा कमी आउने देखिन्छ । घर तथा सवारी साधन जोड्ने प्रयासमा हुनुहुन्छ भने उचित समय छ । पति(पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त होला । कुनै महत्वपूर्ण योजनामा लागिरहनुभएको छ भने आजको दिन कार्य थाती राख्नु उचित हुनेछ । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ, व्यवहारमा सरलता एवम् सजगता अपनाउनुहोला ।
बृश्चिक
आजको दिन स्वास्थ्यसम्बन्धी सजगता बढाउनु उचित होला । खानपानमा एकदम चनाखो रहनु हितकर हुनेछ । सफलताको लागि गोपनियतालाई निरन्तरता दिनुहोला । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झने योग छ तर कसैसँग विवाद वा झगडा पनि हुन सक्छ, संयमता अपनाउनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्छ । विद्यार्थीजनका लागि समय राम्रो छ ।
धनु
व्यस्तता बढ्नेछ । घरेलु समस्याले सताउने एवम् मित्र र आफन्तजनले धोका दिनसक्ने हुँदा मन चिन्तित हुनसक्छ । तपाईंका कमजोरीमाथि टीका टिप्पणी हुन सक्छ । पति पत्नीबीच विवाद बढ्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ, भरसक मौन धारण गर्नु हितकर हुनेछ । सहयोगी टाढिन सक्छन्, गोपनीयतामा विशेष ध्यान राख्नुहोला । आश मारेको काममा सुधार आउनाले उत्साह जगाउने देखिन्छ ।
मकर
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कतै मिष्ठान्न भोजनको अवसर जुर्न सक्छ । कृषिकर्ममा चाप बढेपनि राम्रै आर्थिक आर्जन हुने योग छ । काममा लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना छ, सचेत रहनुहोला ।
कुम्भ
बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्न सक्छन् । स्वास्थ्यगत सबलताका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । सफलताका लागि कतिपय चुनौतीसँग सम्झौता गर्नु उचित हुनेछ ।
मीन
मिश्रित फलदायी दिन छ । आफन्तजनसँगको भेटघाट सुखदायी रहला । आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । आजको दिन यात्रागत कार्य पनि निरर्थक रहला । प्रेम सम्बन्धमा खटपट चल्नसक्छ । निको भइसकेको रोगले पुनः सताउने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्ने योग छ । आरोग्यता रहनेछ ।