माओवादीले गर्यो प्रदेश इन्चार्जको हेरफेर

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारीबाट हटाएको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उपाध्यक्ष सापकोटाले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई इन्चार्ज तोकिएको जानकारी दिए । मधेसको जिम्मेवारी उपमहासचिव मातृका यादवलाई दिइएको छ भने बागमतीमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै, गण्डकीमा सचिव दीनानाथ शर्मालाई नै यथावत् राखिएको छ । यस्तै, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा तोकिएको छ ।

सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज पम्फा भुसाल थिइन् ।

साथै, आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने निर्णय पनि भएको सापकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार